काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबलमा शनिबार पनि समूह चरणका ३ खेल हुँदैछन् ।
शनिबार हुने खेलमा समूह एफका २ खेल हुँदा समूह जीको भने एक खेल हुनेछ । समूह जीको एक खेलमा स्वीडेन र इटाली आमने सामने हुँदैछन् । स्वीडेन र इटालीले आफ्नो पहिलो खेलमा जित निकाल्दै शीर्ष २ स्थानमा बसेका छन् । खेल बराबरीले पनि दुवै टिम प्रि क्वाटरफाइनल नजिक पुग्ने छन् भने विजयी हुने टिमले शीर्ष स्थान पक्का गर्ने छ ।
शनिबार हुने अर्को खेलमा ब्राजिल र फ्रान्स आमने सामने हुँदैछन् । समूह एफका यी दुई टिममध्ये ब्राजिल लगातार दोस्रो जित निकाल्दै प्रि क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ भने फ्रान्स पनि पहिलो जितको खोजिमा हुने छ । पहिलो खेलमा फ्रान्स जमैकासँग गोलरहित बराबरीमा रोकिए पछि अंक बाँडेको थियो । ब्राजिल भने पहिलो खेलमा पानामाविरुद्ध ४–० को जित निकाल्दै शीर्ष स्थानमा रहेको छ ।
यस्तै, अर्को खेलमा पानामा र जमैकाबीच प्रतिस्पर्धा हुनेछ ।






प्रतिक्रिया दिनुहोस्