Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


टिकाथलीमा ‘भाजु फलफूल तथा तरकारी बजार’ सञ्चालनमा


1.2k
Shares

काठमाडौं । एक करोडको लगानीमा टिकाथलीमा भाजु फलफूल तथा तरकारी बजार सञ्चालनमा आएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा ५ टिकाथलीमा बिहीवार एक कार्यक्रम गरी भाजु फलफूल तथा तरकारी बजार सञ्चालनमा आएको हो ।

महालक्ष्मी नगरपालिका भित्र उत्पादन भएका तरकारी तथा फलफूहरुलाई नगरपालिकाभित्रै खपत गर्ने गरी करिब १ करोडको लगानीमा भाजु फलफूल तथा तरकारी बजार सञ्चालन ल्याएको भाजु फलफूल तथा तरकारी बजारका सञ्चालक आदिल महर्जनले बताउनुभयो ।

सञ्चालक महर्जनले ३० आना जग्गामा तरकारी बजारको लागि ७० वटा स्टलहरु रहेको बताउनुभयो । उहाँले साना किसान,साना व्यापारीहरु र उपभोक्ताहरुलाइ सहज बनाउनको लागि तरकारी बजार सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा जाने भन्दा पनि नेपालमा नै केही गरौं भन्ने उद्देश्यले बजार स्थापना गरिएको बताउनुभयो ।

सञ्चालक महर्जनले अहिले ४० प्रतिशत भन्दा बढी स्टलहरु तरकारी तथा फलफूल पसलको लागि बुक भएको बताउनुभयो । सञ्चालक महर्जनले महालक्ष्मी नगरपालिका भित्र बस्ने उपभोक्ताहरुले ३ किलोमिटर तरकारी किन्न जानुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्य बजार स्थापना गरिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले महालक्ष्मी नगरपालिका भित्र उत्पादन भएका तरकारीहरु स्थानीय बजारमा नै बिक्रीवितरण गर्नुपर्ने बताउनु भयो। उहाँले नगरपालिका भित्र उत्पादन भएको तरकारीहरु स्थानीय बजारमा नै बिक्रिवितरण गरी किसानहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले महालक्ष्मी नगरपालिका भित्र उत्पादन भएको तरकारीले नपुग्ने अवस्था भए मात्रै बिहीरबाट तरकारी नल्याउन आग्रह गर्नुभयो ।

मेयर श्रेष्ठले महालक्ष्मी नगरपालि भित्र उत्पादन भएको तरकारी नगरपालिका भित्रको बजारमा बिक्री बितरण गर्दा स्थानीय तरकारी कृषकहरुले बाहिर बजार खोज्न जान नपर्ने अवस्था बन्ने बताउनुभयो । उहाँले नगरपालिका भित्र उत्पादन भएको तरकारी नगरपालिका भित्रै खपत गर्ने वातावरण बनाउन नगरपालिकाले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो ।

मेयर श्रेष्ठले नगरपालिका भित्र उत्पादन भएको तरकारी भन्दा बाहेक नबेच्न आग्रह गर्नुभयो । उहाँले महालक्ष्मी नगरपालिकाले डिजिटल ढक तराजु ५० प्रतिशत अनुदानमा दिने गरेको भन्दै भाजु फलफूल तथा तरकारी बजारमा बिक्री गर्ने ६ जनालाई डिजिटल ढक तराजु उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।

टिकाथलीमा तरकारी बजार सञ्चालनमा आएसँगै उक्त क्षेत्रका उपभोक्ताहरुले खुशी व्यक्त गरेका छन् । उनीहरुले तरकारी किन्नको लागि दुई किलोमिटर टाढा जानुपर्ने बाध्यता अन्त्य भएको बताए ।