Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


कालीमाटीमा किसानहरुको धर्ना


442
Shares

काठमाडौं । राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालयमा धर्ना दिएको छ ।

बिहीबार बिहान सञ्चालले कार्यालय अघि भेला भइ धर्ना दिएको हो । उनीहरुले बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्न, बजारको सटर र स्टलहरु खुला प्रतिष्पर्धामार्फत भाडामा लगाउन माग गर्दै धर्ना दिएका हुन् ।

धर्ना कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले कृषि क्षेत्रको आन्दोलन शुरु भएको बताउनुभयो । उहाँले सरकारले किसानको हक हीतबिरुद्धका नीतिहरु बनाउँदै गए आन्दोलन झनै चर्काउने चेतावनी दिनुभयो । उहाँले मुलुकका किसानलाई आन्दोलनमा उत्रिनुपर्ने अवस्थामा नपु¥याउन चेतावनी दिनुभयो ।

उनीहरुले बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्, बजारको सटर र स्टलहरु खुला प्रतिष्पर्धामार्फत भाडामा लगाइयोस्, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर् लगायतका प्लेकार्ड र नारासहित बिरोध प्रदर्शन गरेका छन् ।