
काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को एसिया क्षेत्रीय छनोट ‘बी’ को खेलमा मलेसियाका बलर साजरुल एजात इद्रुसले कीर्तिमान बनाएका छन् ।
छनोटमा चीनविरुद्ध सात विकेट लिएका इद्रुस अन्तर्राष्ट्रिय टी–२० क्रिकेटको एकै खेलमा सात विकेट लिने अहिलेसम्मको पहिलो र एकमात्र बलर बनेका हुन् ।
यसअघि टी–२० क्रिकेटमा १२ जना बलरले ६ विकेट लिएको रेकर्ड छ । तर,कुनै खेलाडीले एउटै खेलमा सात विकेट लिएको यो पहिलो पटक हो । उनले बायोमास ओभलमा भएको खेलमा चीनविरुद्ध चार ओभर बलिङ गर्दा आठ रनमात्र खर्चिएर सात विकेट लिएका हुन् । उनले ७ विकेट सबै बोल्ड गर्दै लिएका हुन् ।
इन्द्रुसको घातक बलिङअघि टिक्न नसकेको चीन ११.२ ओभरमा २३ रनमै समेटिएको थियो । २४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको मलेसियाले पाँचौँ ओभरमा दुई विकेट गुमाएर पूरा गर्याे । छनोट ‘बी’ को विजेताले नेपालमा हुने एसिया रिजनल फाइनलमा स्थान बनाउने छ ।
छनोटमा मलेसिया र चीनसँगै थाइल्यान्ड, म्यानमार र भुटान छन् । विश्वकपको एसिया रिजनल फाइलन नोभेम्बरमा हुने तालिका छ ।
प्रतिक्रिया दिनुहोस्