३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


एएफसी कप क्वालिफायर्स अन्तर्गत प्रारम्भिक चरणका लागि मच्छिन्द्रको तयारी शुरू


65
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन क्लव मच्छिन्द्रले एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलका लागि तयारी शुरु गरेको छ ।

मच्छिन्द्रले नेपालको लिग च्याम्पियनको हैसियतमा एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलमा भुटानको लिग च्याम्पियन पारो एएफसीसँग खेल्दैछ ।

उक्त खेल दशरथ रंगशालामा आगामी साउन २३ गते शुरु हुँदैछ । सोही खेलका लागि मच्छिन्द्र फुटबल क्लवले तयारी थालेको हो । सोमबार दशरथ रंगशालामा एक कार्यक्रम आयोजना गर्दै क्लवले उक्त छनोट खेलका लागि अभ्यास शुरु गरेको जनाएको छ ।

क्लवका अध्यक्ष सुनिल कपालीले ललितपुरस्थित चर्च ब्वाइजको खेल मैदान र एन्फा कम्प्लेक्सको मैदानमा खेलाडीहरूले अभ्यास थालेको जानकारी दिनुभयो ।