३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


गौरीकाले पौडी प्रतियोगितामा बनाइन् नयाँ राष्ट्रिय कीर्तिमान


3.445k
Shares

काठमाडाैं । जापानको फुकुओकामा आयोजना भइरहेको २० औं वल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपाली पौडी खेलाडी गौरीका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

१३ औं सागकी ४ स्वर्ण पदकधारी गौरीकाले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६ दशमलव ८० सेकेण्ड समयमा दुरी पूरा गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी हुन् ।

गौरीकाले यसअघि भारतको गुवाहटीमा आयोजना भएको १२ औं दक्षिण एशियाली खेलकुदमा १ मिनेट ७ दशमलव ३१ सेकेण्ड समयको रेकर्ड बनाएकी थिइन् । यस्तै, नेपाली पौडीबाज नासिरले भने लगातार दोस्रो दिन पनि नयाँ कीर्तिमान बनाए ।

पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले दिएको जानकारी अनुसार नासिरले २०० मिटर फ्रिस्टाइलमा आफ्नै नाममा रहेको १ मिनेट ५८ दशमलव २३ सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै १ मिनेट ५७ दशमलव २६ सेकेण्ड समयमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

यसअघि नासिरले आइतबार ४०० मिटर फ्रिस्टायलमा पनि आफ्नै नामको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएका थिए ।