३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


यस वर्षको टुर डे फ्रान्स साइक्लीङको उपाधि डेनमार्कका भिङ्गेगार्डलाई


91
Shares

काठमाडौं । यस वर्षको टुर डे फ्रान्स साइक्लीङको उपाधि डेनमार्कका योनास भिङ्गेगार्डले जितेका छन् ।

स्पेनको बिल्बाओबाट सुरु भएर फ्रान्सको पेरिसमा सकिएको यस वर्षको रेसमा भिङ्गेगार्डले उपाधि रक्षा गरेका हुन् ।

३४ सय ६ कलिमोमिटर लामो २१ चरणको रेस जम्बो भिस्मा टिमका भिङ्गेगार्डले ८२ घण्टा ५ मिनेट ४२ सेकेण्डमा पुरा गरे । उनीभन्दा ७ मिनेट १० सेकेण्ड ढिला रेस सकाएका स्लोभेनियाका राइडर टाडे पोगाचार दोस्रो भए ।

पोगाचारले सन् २०२० र २१ को टुर जितेका थिए । यसपटक ब्रिटिश दाजुभाई एडम यट्स र सिमोन एट्स तेस्रो र चौथो हुँदा स्पेनका कार्लोस रोड्रिग्वेजले पाँचौ स्थान लिए । टुर डे फ्रान्सको यो संस्करणमा २२ टिमको प्रतिनिधित्व गर्दै २७ देशका १ सय ७६ राइडरहरुले प्रतिस्पर्धा गरेका थिए ।