५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


एनभीए राष्ट्रिय भलिबल लिगमा पुरुषतर्फ हेल्प नेपाल र महिलामा पुलिसको जित


286
Shares

काठमाडौं । सातौँ प्रधानमन्त्री कप एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब भलिबल लिग उपाधि हेल्प नेपाल र नेपाल पुलिस क्लबले जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद् (राखेप) कभर्डहलमा भएको फाइनल खेलमा पुरुषतर्फ हेल्प नेपाल र महिलामा पुलिस च्याम्पियन बनेको हो ।

पुरुषको फाइनलमा हेल्प नेपालले पुलिस क्लबलाई ३–१ को सेटमा हरायो । हेल्प नेपालले २५–१९, ११–२५, २५–१८, २५–१८ को नजिता निकाल्न सफल भयो । उपाधिसँगै हेल्प नेपालले ६ लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता पुलिसले तीन लाख रुपैयाँमा चित्त बुझायो ।

यसैगरी महिलातर्फ पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई ३–१ को सेटमा हराउँदै च्याम्पियन बनेको हो । पुलिसले २५–१२, २१–२५, २५–२३, २५–१९ को नतिजा निकालेको थियो । उपाधिसँगै पुलिसले ६ लाख रुपैयाँँ पुरस्कार पायो ।

उपविजेता एपिएफले तीन लाख रुपैयाँ पुरस्कार पाएको छ ।