Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


एमसीसी कार्यान्वयन हुँदै गएकोमा खुसी व्यक्त


390
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को परियोजना सम्झौता नेपालमा कार्यान्वयन हुँदै गइरहेको भन्दै सम्झौताका लागि धन्यवाद व्यक्त गरेका छन् ।

नेपाल भ्रमणका लागि शुक्रबार बिहान काठमाडौं आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालका शीर्ष नेतासँग भेटघाट गर्दै एमसीसी परियोजना कार्यान्वयन हुँदै गइरहेको प्रति खुसी व्यक्त गरेका छन् ।

दक्षिण र मध्य एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री लुले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदलगायतकासँग शिष्टाचार भेटघाट गर्दैै एमसीसी सम्झौताबारे चर्चा गरेका हुन् ।

च्यासल, ललितपुरस्थित एमाले केन्द्रीय कार्यालयमा लुले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे । शुक्रबार भएको सो भेटघाटमा सहभागी एमाले विदेश विभाग प्रमुखसमेत रहेका राजन भट्टराईले अमेरिकी सहायक विदेशमन्त्री लु र पार्टी अध्यक्ष ओलीबीच शिष्टाचार भेटघाट भएको बताए । भेटमा लुले एमसीसी परियोजना कार्यान्वयन भईरहेकोमा खुसी व्यक्त गर्दै धन्यवाद व्यक्त गरेको भट्टराईले बताए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।