२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नेपाली राष्ट्रिय महिला फुटबल टोली आज बंगलादेश जाँदै


442
Shares

काठमाडौं । बंगलादेशसँग दुई वटा मैत्रिपूर्ण फुटबल म्याच खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार महिला टोलीलाई शुभकामना सहित विदाई गरेको छ । एसियन गेम्सको तयारीमा रहेको नेपालले बंगलादेशसँग यही असार २८ गते र ३१ गते दुई वटा मैत्रिपूर्ण खेल खेल्नेछ ।

गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा रहेको नेपाली टोलीको प्रशिक्षकको रुपमा अनन्त थापा बंगलादेश जाँदैछन् । एसियन गेम्समा भने नेपाली टोलीको प्रशिक्षण बालगोपाल महर्जनले गरिरहेका छन् ।

गत सेप्टेम्बरमा काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३–१ ले हारेको नेपाल यसपटक बंगलादेशलाई उसैको मैदानमा स्तब्ध बनाउने योजनाको साथ बंगलादेश जाँदैछ ।