Logo १४ पुस २०८२, सोमबार | Mon Dec 29 2025


शुक्लाफाँटा आरक्ष पीडितलाई उचित व्यवस्थापन गरियोस् : सांसद महरा


65
Shares

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद महेशकुमार महराले कञ्चनपुरको शुक्लफाँटा आरक्ष पीडितहरुको उचित व्यवस्थापन गर्न माग गर्नुभएको छ ।

मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद महराले कञ्चनपुरको शुक्लाफाँटा आरक्षबाट २०५८ सालमा त्यहाँका नागरिकहरुलाई निकालिएको भएपनि हालसम्म उचित व्यवस्थापन नगरिएको बताउनुभयो । उहाँले बिस्थापित आरक्ष पीडितहरुलाई व्यवस्थित गर्न माग गर्नुभयो ।

आरक्ष पीडितहरु हालसम्म शिविर, जंगल र नदीका किनारामा बस्न बाध्य भएको भन्दै उनिहरुलाई जमिन दिएर व्यवस्थापन गर्नुपर्ने सांसद महराले बताउनुभयो । आफ्नो जमिन आरक्षलाई छोडेको भएपनि त्यहाँका नागरिकलाई हालसम्म मुआब्जा नदिइएको उहाँको भनाई छ ।

सांसद महराले बजेटमा भूमिहिनलाई कसरी र कहाँ जग्गा दिने भन्ने उल्लेख नगरिएको बताउनुभयो । त्यस्तै, बजेट संघीयताको पक्षमा नरहेको उल्लेख गर्नुभयो ।