
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले जनस्तरमा बित्तिय साक्षरता बढाउनुपर्ने बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठले वित्तीय शिक्षामा सुधार गर्नुपर्ने बताउनुभएको हो । उहाँले जनस्तरमा बित्तिय साक्षरता बढाउनुपर्नेमा जोड दिनुभयो ।
यसको लागि जनचेतना जघाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।सांसद श्रेष्ठले उत्पादनमा आधारित सहज कर्जा प्रवद्र्धनका लागि नीति ल्याउनुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्