
काठमाडौं । युरोपका फुटबल क्लबहरु यतिबेला खेलाडी किनबेचमा व्यस्त छन् ।
आगामि अगष्टमा सुरु हुने नयाँ सिजनको लागि शिर्ष क्लबहरु अहिले खेलाडी किनबेचमा लागेका हुन् ।
इंग्लीश प्रिमियर क्लब आर्सनलले ट्रान्स्फर बजारमा आत्रामक उपस्थिती जनाइरहेको । छ बुधबारमात्रै आर्सनलले इंग्लीश क्लब चेल्सीबाट जमर्न खेलाडी काई हाभर्ट्जलाई अनुबन्ध गरेको छ ।
यसैगरी वेष्ट ह्याम युनाइटेडका इंग्लीश मिडफिल्डर डेक्लान राइस पनि आर्सनल प्रवेश गरेका छन् । आर्सनलले राइसको लागि १०५ मिलियन पाउण्ड खर्च गरेको छ भने हाभर्ट्जको लागि ६५ मिलियन खर्चीएको छ ।
बुधबारै टोटनह्याम हट्सपरले लेष्टर सिटीका इंग्लीश मिडफिल्डर जेम्स म्याडिसनलाई टोलीमा भित्र्याएको छ ।
चेल्सीका गोरक्षक मेन्डी भने साउदी अरबियाको क्लब आल आहली प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्