
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले आगामी आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म सबै स्थानीय तहमा स्वास्थ्इ बीमा सेवा सुचारु हुने बताउनुभएको छ ।
बुधवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य बीमा स्वायत्त निकाय भएपनि अहिलेसम्म स्वायत्त रुपमा सञ्चालन हुन नसकेको बताउनु भयो । उहाँले स्वास्थ्य बीमालाई जञ्जिरले बाँधिएको भन्दै यसलाई खोलेर मात्रै प्रभावकारी रुपमा बोर्डले काम गर्नसक्ने बताउनु भयो । उहाँले स्वास्थ्य बीमामा ७ वर्षसम्म काजमा कर्मचारी ल्याएर काम गर्नुपर्ने अवस्था रहेको भन्दै काजमा कर्मचारी राखेर अपेक्षाअनुसारको काम गर्न नसकिने बताउनु भयो ।
उहाँले नेपालको स्वास्थ्य बीमा योगदानमा आधारित कार्यक्रम भएको बताउनु भयो ।कार्यकारी निर्देशक बसौलाले सरकारले बीमालाई सहयोग गर्ने नभइ आगामी दिनमा बीमाले सरकारलाई सहयोग गर्नेगरी प्रभावकारी रुपमा काम गर्न आवश्यक नीति, नियम बनाउन आवश्यक रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्