२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


कोशी प्रदेश सरकार र संघर्ष समितिबीचको वार्ता स्थगित


195
Shares

काठमाडौं । कोशी प्रदेश सरकार र नामकरणको विपक्षमा रहेको पहिचानवादी पक्षबीच बुधबार तय भएको वार्ता स्थगित भएको छ ।
आन्दोलनरत प्रदेश १ पुन : नामकरण संयुक्त संघर्ष समितिले सरकारसँग वार्तामा नबस्ने बताएपछि वार्ता स्थगित भएको हो । प्रदेश सरकारले बुधबार नागरिक उन्मुक्ति पार्टी र संयुक्त संघर्ष समितिलाई एकै समयमा वार्ताका लागि बोलाएपछि समितिले वार्तामा नबस्ने अडान लिएको हो । आन्दोलनरत संघर्ष समितिले विज्ञप्ति जारी गर्दै एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपूर्ण हुनगई वार्ताको वातावरण नभएको उल्लेख गरेको छ । १७ फागुन २०७९ मा प्रदेशसभाले प्रदेशको नाम कोशी नामकरण गरेपछि पहिचान पक्षधर विभिन्न राजनीतिक दल र संघसंस्थाले नामकरणको विपक्षमा आन्दोलन सुरु गरेका थिए ।

प्रदेश सरकारले २४ जेठमा आन्दोलनरत पक्षसँग वार्ता गर्न ३ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले ५ असारमा पहिलो पटक आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गरेको थियो ।