Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरौँ, किसानलाई अनुदान दिउ : सांसद कार्की


169
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोसन कार्कीले उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरेर लम्पिस्किन महामारीको मारमा परेका किसानहरुलाई अनुदानको रुपमा दिन आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद कार्कीले उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गर्न माग गर्नुभएको हो ।

सांसद कार्कीले प्रशासनिक खर्च कटौती गरेर लम्पिस्किनको महामारीबाट प्रभावित किसानहरुलाई अनुदानको रुपमा दिनुपर्ने बताउनुभयो । उहाँले उपराष्ट्रपतिको प्रभावकारी भुमिका हुन नसकेको बताउनु भयो ।

उपराष्ट्रपतिको काम उद्घाटन गर्ने र देवताको दर्शन गर्ने मात्रै भएको टिप्पणी गर्दै सांसद कार्कीले बजेट संशोधनसहित पास गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।