
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदले बजेट संशोधन गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले आजसम्म बजेटसंशोधन हुन नसक्ने व्यवस्था रहेको भन्दै आगामी दिनमा संसदले बजेट संशोधन गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले बजेट संशोधन हुँदैन भने संसदभित्र बजेटको सम्बन्धमा भएको छलफलको औचित्य माथि नै प्रश्न उठ्न थालेको भन्दै यसप्रति सबै गम्भिर हुनुपर्ने बताउनुभयो ।
सचेतक लेखकले बजेटको सवालमा संसदको भुमिका निर्धारण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले हाल भएको अवधारणालाई परिमार्जन गरेर संसदबाट बजेट परिमार्जन हुनसक्छ भन्ने अवधारणा बनाउनुपर्ने बताउनुभयो । यद्यपी सरकारले यसपटक ल्याएको बजेट भने समय अभावका कारण संशोधन हुन नसक्ने उहाँको भनाई छ ।
सचेतक लेखकले सांसदहरु बिकासको प्रतिनिधि हो कि कानून निर्माणको जिम्मा लिएर आएको हो भन्ने कुरामा पनि स्पष्टता हुन नसकेको बताउनुभयो । सांसदहरु चुनाव लड्दा बिकासका कुरा गरेर लड्ने तर संसदमा पुगिसकेपछि कानून निर्माताको रुपमा परिभाषित हुने गरेको भन्दै उहाँले यो बिरोधाभाषलाई स्पष्टपार्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्