Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


उपप्राध्यापक चलाउनेको अनसन स्थगित


871
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफ्नो अनसन स्थगित गर्नुभएको छ ।

आफूमाथि आक्रमण गर्ने नेबिसंघका बिद्यार्थीको मुद्धा सरकारले फिर्ता लिने निर्णय गरेको भन्दै चलाउनेले काठमाडौंमा अनसन शुरु गर्नुभएको थियो । चलाउनेले आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्र्दै सर्वाेच्च अदालतमा रिट दायर गर्नुभएको थियो । उक्त रिटमा सर्वाेच्चले सरकारको निर्णय कार्यान्वयन नगर्न बिहिबार अन्तरिम आदेश दिएको थियो । त्यसैकारण चलाउनेले अनसन स्थगित गर्नुभएको हो ।

बिहीबार चलाउनेले मुद्दा फिर्ता लिने महान्यायाधीवक्ता कार्यालयको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेताले २०७७ सालमा त्रिवि परिसरमै चलाउनेमाथि निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट चलाउनेको खुट्टा भाँचिएको थियो भने टाउको र छातीमा चोट लागेको थियो ।

त्यसबिरुद्ध चलाउनेले मुद्धा दायर गर्नुभएको थियो । गत हप्ता मन्त्रिपरिषद् बैठकले सो मुद्धा फिर्ता लिने निर्णय गरेको थियो ।