
काठमाडौं । कीर्गिस्तानको बिस्केकमा सुरु भएको काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल पहिलो खेलमै मंगोलियासँग पराजित भएको छ ।
बिस्केकस्थित चोल्फन–अतामा रहेको स्पोर्ट्स एण्ड रिक्रिएसन कमप्लेक्स गाज्प्रोममा भएको खेलमा नेपाल मंगोलियासँग ३–१ सेटमा पराजित भएको हो । मंगोलियाले नेपाललाई २५–१९,२५–२०,२५–२७,२५ –२० ले हराएको हो । नेपालले सन् २०१८ को एसियन गेम्समा मंगोलियालाई ३–१ को सेटमा हराएको थियो । तर,पाँच वर्षपछि फेरी भेट हुँदा भने मंगोलियाले नेपालसँग हारको बदला लिएको छ । काभा नेसन्स लिगमा नेपालले सोमबार घरेलु टोली कीर्गिस्तानसँग खेल्नेछ ।
त्यस्तै,नेपालले तेस्रो खेलमा मंगलबार इरान,चौंथो खेलमा बिहीबार तुर्किमिनिस्तान र अन्तिम तथा पाँचौं खेलमा किर्गिस्तानको ‘बी’ टोलीसँग खेल्नेछ । काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहेको छ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने । यस्तै,तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्