Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


मापदण्ड पालना नगर्ने काठमाडौंका अस्पताल हस्तक्षेप गर्ने महानगरको चेतावनी


2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीका अस्पतालहरुमा सेवा प्रवाह, सरसफाई, लक्षित वर्गको पहुँचमा अस्तव्यस्त अवस्था रहेको भन्दै तत्काल त्यसमा सुधार नगरे हस्तक्षेप गर्ने चेतावनी दिएको छ ।

मेयर बालेन साहले बुधबार सामाजि सञ्जाल मार्फत महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र गैरकानूनी ढंङ्गबाट सञ्चालन भएको दुई वटा स्वास्थ्य संस्था बन्द गरिएको उल्लेख गर्दै स्वास्थ्य संस्थाहरुको अनुगमनलाई अझै सघन बनाउने बताउनु भएको हो ।

महानगरपालिकाको स्वास्थ्य विभागलाई सघन अनुगमन गरी स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई कानूनी दायरामा ल्याउन स्पष्ट निर्देशन गरिएको पनि उहाँले उल्लेख गर्नुभएको छ । स्वास्थ्य संस्थाहरुको सुधारको विषय सस्तो लोकप्रियताका लागि होईन भन्दै मेयर साहले कानूनमा व्यवस्था भए अनुसार स्वास्थ्य सेवा सर्वसाधारण एवं लक्षित वर्गको पहुँचमा पुगोस भनेर अग्रसरता लिएको बताउनु भएको छ ।

काठमाडौं महानगरपालिका भित्र रहेका सबै प्रकृति र तहका अस्पतालहरुले देखिने गरी सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित गर्ने गरी सुधार नगर्ने र कानून तथा मापदण्डको पालना नगरेको पाईएमा प्रदेश तथा संघीय सरकार मातहतका अस्पतालहरुमा पनि हस्तक्षेप गर्ने पनि मेयर शाहले प्रष्ट पार्नुभएको छ ।

Skip This