 
	    एजेन्सी । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ले रिलिजअघि नै करोडौं कमाइ गरेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार फिल्म रिलिज हुनुअघि नै २ सय १० करोड भारतीय रुपैयाँ कमाइसकेको छ । फिल्म रिलिज हुनु अघि, फिल्मको ओटीटी र टिभी अधिकारको लागि ठूलो सम्झौता भएको छ।
यसका साथैअग्रिम टिकट बुकिङमा फिल्मले रिलिज अगावै राम्रो कमाई गरेको छ । फिल्मले पहिलो सप्ताहन्तमा करिब १.५० लाख टिकट बेचेको छ, जसको रकम करिब ५ करोड भारतीय रुपैयाँ रहेको छ। अर्थात प्रारम्भिक अग्रिम बुकिङमा फिल्मले पाँच करोड कमाइसकेको समाचारमा उल्लेख छ ।
‘आदिपुरुष’ मा प्रभास, कृति सेनन, सैफ अली खान, सनी सिंह र देवदत्त नागे पनि मुख्य भूमिकामा छन्। यस फिल्ममा प्रभासले भगवान श्रीरामको भूमिका निभाएका थिए भने कृति सेननले माता सीताको भूमिका निभाएकी छन् ।
फिल्मलाई ओम राउतले निर्देशन गरेका हुन् । फिल्म १६ जुनमा प्रदर्शन हुदैछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्