Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


बजेट कार्यान्वयनमुखी भएको अर्थमन्त्री महतको दाबी


104
Shares

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेट इच्छापत्र मात्रै नभइ कार्यान्वयनमुखी रहेको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभामा सांसदहरुले बजेटको विषयमा राखेका जिज्ञासामा उहाँले यस्तो जवाफ दिनुभएको छ । उहाँले सरकारको चाहना बजेटको आकार ठूलो बनाउनु भएपनि सिमित स्रोत र साधन भएकाले त्यही अनुसार बजेट बनेको बताउनु भयो । उहाँले सरकारले चाहना भएर मात्रै पनि काम गर्न नसक्ने भन्दै कसलाई बढी महत्व दिने भन्ने प्राथमिकताका आधारमा काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो। उहाँले बजेटलाई एउटा सीमामा राखेर ल्याएको बताउनु भयो ।

अर्थमन्त्री महतले सिमित स्रोत र साधन धेरै भएकाले बजेट ठूलो बनाउन समय लाग्ने बताउनु भयो । उहाँले चाहनालाई हेरेर कार्यान्वयन गर्नसक्ने क्षमतालाई हेरेर बजेट आएको भन्दै वैदेशिक अनुदान विधिसंगत रुपमा आउने बताउनु भयो।