काठमाडौं । सर्वियन खेलाडी नोभाक जोकोभिचले फ्रेञ्च ओपन टेनिसको उपाधि जितेका छन् ।
जोकोभिच सर्वाधिक २३ वटा ग्रान्डस्लाम टेनिसको उपाधि जित्ने किर्तीमान बनाएका छन् । फ्रान्सको पेरिसमा आइतबार राति भएको खेलमा नर्वेका क्यास्पर रुडलाई हराउँदै फ्रेन्च ओपन जितेपछि जोकोभिच विश्व टेनिसका सर्वकालिन महान खेलाडी बनेका हुन् ।
जोकोभिचले अहिलेसम्म करियरमा २३ ग्राण्डस्लाम उपाधि जितेका छन् भने स्पेनका रफाइल नदालले २२ उपाधि जितेका छन् । यसैगरि स्विट्जरल्याण्डका रोजर फेडेररको नाममा २० वटा ग्रान्डस्लामको किर्तीमान छ ।
जोकोभिचले फ्रेन्च ओपन र यु.एस ओपन ३–३ पटक जितेका छन्भने सात पटक विम्बल्डन र १० पटक अष्ट्रेलियन ओपन जितेका छन् । आइतबार भएको फ्रेन्च ओपनको फाइनलमा जोकोभिचले रुडलाई ७–६, ६–३ र ७–५ को सोझो सेटमा हराए ।
फ्रेन्च ओपनको महिलातर्फको उपाधि पोल्याण्डकी खेलाडी इगा सिवाटेकले जितेकी छिन् ।






प्रतिक्रिया दिनुहोस्