Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


अस्ट्रेलियाले जित्यो टेष्ट च्याम्पियनसिप क्रिकेट


4.9k
Shares

एजेन्सी । भारतलाई हराउँदै अस्ट्रेलियाले टेष्ट च्याम्पियनसिप क्रिकेट जितेको छ ।

इंग्ल्याण्डको द ओभलमा भएको फाइनलमा भारतलाई २ सय ९ रनको फराकिलो अन्तरले हराउँदै अष्ट्रेलियाले पहिलो पल्ट टेष्ट च्याम्पियनसिपको उपाधि जितेको हो । यसअघि पहिलो टेष्ट च्याम्पियनसिपको उपाधि न्युजिल्याण्डले जितेको थियो । सन् २०१९–२१ को सिरिजको फाइनलमा न्युजिल्याण्डसँग पराजित भएको भारत २०२२–२३ को सिरिजमा अस्ट्रेलियासँग पराजित भएको हो ।

पहिलो पारीमा २ सय ९६ रन बनाएको भारत दोस्रो पारीमा २ सय ३४ रनमा अल आउट भएको थियो । पहिलो पारीमा ४६९ रन बनाएको अस्ट्रेलियाले ८ विकेट गुमाएर २ सय ७० रन बनाएको स्थितिमा पारी समाप्तीको घोषणा गर्दै भारतलाई ४ सय ४४ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य पछ्याउने क्रममा भारतका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । विराट कोहोली ४९ रनमा तथा अजिन्क्या रहाने ४६ रनमा आउट भए ।

टेष्ट च्याम्पियनसिप उपाधि विजेता अस्ट्रेलियाले १६ लाख अमेरिकी डलर अर्थात २१ करोड १० लाख नेपाली रुपैयाँ बराबरको नगद पुरस्कार पाएको छ । पराजित भारतले भने ८ लाख डलर पाएको छ ।