
काठमाडौं । आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ ।
आजको बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल गर्ने कार्यसूचि रहेपनि एमाले सांसदहरुले बैठक अवरोध गरेका हुन् । नेकपा एमालेले निस्कृय भैसकेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रमाणीकरणको विरोध गर्दै त्यो निर्णय नसच्चाएसम्म संसद् चल्न नदिने भन्दै बैठकमा अवरोध गरेको हो ।
त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपाली भूमि लिपुलेक भारतलाई दिएर त्यही बराबरको बङ्गलादेश जोड्ने भूमि भारतबाट लिन सकिनेबारे दिएको अभिव्यक्तिको पनि एमालेले जवाफ माग गरेको छ ।
प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा फूलबारी बन्दरगाहको रुट लिएर कालापानी, लिपुलेक भारतलाई दिन सकिने भन्नेजस्तो राष्ट्रघाती अभिव्यक्ति दिनुभएको एमालेको दाबी छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि नागरिकता बिधेयक प्रमाणीकरण गरेकोमा संसदमा बिरोध जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्