Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


सुरक्षा सामग्री किन्न बाटो खुल्यो


741
Shares

काठमाडौं । सरकारले आन्तरिक सुरक्षा र प्रतिरक्षा बजेट वृद्धि गरेसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सुरक्षा सामग्री खरिद गर्न बाटो खुलेको छ।

मुलुकको विकास र प्रशासनिक बजेट खुम्चिएको अवस्थामा सरकारले सुरक्षा बजेट वृद्धि गरेको हो। ‘सरकारले सुरक्षा निकायका लागि बजेट बढाएर विनियोजन गरेको छ। अब रकमान्तर गरी सुरक्षा सामग्री खरिद गर्नुपर्ने बाध्यता हुँदैन। विगतमा रकमान्तर गर्दा समस्या भएको थियो’, गृह मन्त्रालयका एक अधिकारीले भने।

अर्थमन्त्री डा। प्रकाशशरण महतले केही दिनअघि सार्वजनिक गरेको बजेटमा गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको आधुनिकीकरण, सुरक्षा सामग्री खरिद, सीमा सुरक्षार्थ बोर्डर आउट पोस्ट (बिओपी) का संरचना निर्माणलगायतमा रकम विनियोजन गरिएको छ।

सीमा क्षेत्र सुरक्षा व्यवस्थापन बजेटको प्राथमिकतामा छ। अर्थमन्त्री महतले शान्ति सुव्यवस्था कायम गर्न तथा अपराध अनुसन्धान प्रणालीलाई विश्वसनीय र भरपर्दो बनाउन सबै सुरक्षा निकायलाई समयानुकूल, व्यावसायिक, दक्ष, आधुनिक र साधनस्रोत सम्पन्न बनाउँदै लगिने बताएका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।