Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


प्रधानमन्त्री दाहाल इन्दौरमा


91
Shares

काडमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार विशेष विमानमार्फत इन्दौर पुग्नु भएको छ ।

इन्दौरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा प्रधानमन्त्री दाहाललाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गर्नु भएको हो ।

सो अवसरमा विमानस्थल बाहिर प्रधानमन्त्री दाहाललाई स्थानीय सांस्कृतिक झाँकीले स्वागत गरिएको थियो । सडकमा उभिएका सयौँ नागरिकले नेपाल र भारतको झण्ड फहराएर सम्मान प्रकट गरेका थिए। विमानस्थल बाहिरका सडकमा ‘तपाईंलाई स्वागत छ’ लेखिएका ब्यानर राखिएका थिए।

शुक्रबार नै प्रधानमन्त्री दाहालको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ।