काठमाडौं । उखु कृषकको भुक्तानी समस्या समाधान गर्न सरकारले सचिवको नेतृत्वमा एक समिति गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्माको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयका सहसचिव सदस्य रहने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
लामो समयदेखि उखुको भुक्तानी नपाएको भन्दै कपिलवस्तु तथा कञ्चनपुरका कृषकहरुले दुई सातादेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्