१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने सरकारको घोषणा


273
Shares


काठमाडौं । सरकारले ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै काठमाडौंको गोठाटारमा ४५ बेडसहितको ज्येष्ठ नागरिक अस्पताल निर्माणका लागि आवस्यक बजेटको व्यवस्था गरिएको बताउनुभएको हो ।

त्यसैगरी बजेटमा हिंसा पीडित महिलाका लागि भक्तपुरको सूर्यविनायकमा मंगला–सहाना पुनःस्थापना केन्द्र निर्माण गरिने उल्लेख गरिएको छ । बालश्रम शोषण अन्त्य गर्ने कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ । ८ वटा बाल सुधारगृहको मर्मत, सम्हारका लागि पनि बजेटको व्यवस्था गरिएको छ ।

अर्थमन्त्री महतले ज्येष्ठ नागरिकहरुको ज्ञान, सीप र अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि अन्तर पुस्तान्तरण कार्यक्रम संचालन गर्ने पनि बताउनु भयो ।