
काठमाडौं । सरकारले दिवा खाजालाई ८ अर्ब ४५ करोड, जङ्क फुड दिन नपाइने व्यवस्था गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको बताउनुभयो ।
उहाँले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो । उहाँले दिवा खाजाको कार्यक्रमलाई आगामी आर्थिक वर्षमा ८ अर्ब ४५ करोड विनियोजन गरिएको बताउनुभयो ।
अर्थमन्त्री महतले स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने समेत बताउनुभयो । उहाँले दिवा खाजा कार्यक्रमबाट करिव ३२ लाख विद्यार्थी लाभान्वित हुने अनुमान गरेको बताउनुभयो । त्यस्तै, सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९३ करोड रूपैयाँ विनियोजित गरेको छ ।
अर्थमन्त्री महतले सरकारले सबै विषय पढेकाले शिक्षण अनुमति पत्र लिन पाउने गरी कानूनमा व्यवस्था गर्ने घोषणा गर्नुभयो । उहाँले सबै विषय पढेकालाई शिक्षण अनुमतिपत्रको परीक्षा दिन पाउने कानूनी व्यवस्था गरिने बताउनुभयो । उहाँले शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन गरिएको बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्