Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


आज बजेट, आकार घट्ने


377
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सोमबार बजेट ल्याउँदैछ। संविधानमा भएको व्यवस्थाअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते बजेट ल्याउँछ। अर्थमन्त्री डा। प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा सोमबार बजेट प्रस्तुत गर्नेछन्।

हरेक वर्ष बजेटको आकार बढाउँदै लगिएको भए पनि आगामी आवको बजेटको आकार भने घट्ने भएको छ। आगामी आवका लागि सरकारले करिब १७ खर्ब रूपैयाँ हाराहारीको बजेट ल्याउँदैछ।

सरकारले चालु आव २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको थियो। लक्ष्यअनुसार राजस्व संकलन नभएपछि अर्थ मन्त्रालयले वार्षिक समीक्षामा बजेटको आकार घटाएको थियो।

आर्थिक पुनरुत्थानलाई प्राथमिकता राखेर बजेट ल्याउन लागिएको अर्थमन्त्रीका सल्लाहकार डा. विश्व पौडेलले बताए। राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १६ खर्ब ८८ अर्बको बजेट सिलिङ दिएको थियो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।