Logo ३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026


काठमाडौंमा रोजगार मेला हुने


2k
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा रोजगार मेला आयोजना गर्दैछ ।

महासंघले आगामी जेठ १६ र १७ गते महासंघको सचिवालय, टेकुमा रोजगार मेला आयोजना गर्न लागेको हो ।

मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना हुन लागेको हो ।

मेलामा रोजगार सेवा केन्द्र एवं मेरो जवको प्राविधिक सहायता रहने महासंघले जनाएको छ । कामको खोजीमा रहेका युवालाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाईदिन पहल गर्ने, नयां अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना हुन लागेको महासंघले जनँएको छ ।

१०० भन्दा बढी कम्पनीको सहभागिता रहने रोजगार मेलामा कामको खोजीमा रहेका ५ हजार बढी युवालाई अवलोकन गराउने लक्ष्य महासंघले राखेको छ । मेलालाई क्यालेण्डर इभेन्टकारूपमा हरेक साल आयोजना गर्ने कार्यक्रम महासंघको छ ।