Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरू


611
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरू भएको छ ।

शुक्रबार सवा १२ बजेपछि सुरू भएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नु भएको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राख्ने छन्।

उक्त प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालको जवाफ पछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने छ । नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट यसअघि नै पारित भइसकेको छ ।