Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


१० महिनामा अढाई खर्बका कृषिजन्य वस्तु आयात


247
Shares

काठमाडौं । मुलुकको व्यापार घाटा १० महिनामै १२ खर्ब रूपैयाँ पुगेको छ। सरकारले हरेक वर्ष बजेटमा स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिन्छ तर परिणाम भने निराशाजनक छ।

स्वदेशमै उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात हुँदा व्यापार घाटाको खाडल बढ्दै गएको हो। चालु आर्थिक वर्ष २०७९र८० को साउनदेखि वैशाखसम्म साढे २ खर्ब रूपैयाँका कृषि तथा वस्तुजन्य वस्तु विदेशबाट आयात भएको छ। स्वदेशमै उत्पादन गर्न सकिने सामान पनि विदेशबाट ल्याउनुपर्ने भएपछि व्यापार घाटा बढ्दै गएको हो।

नेपालीको भान्सामा पाक्ने चामल, माछामासु, तेल, प्याज, आलु, धनिया आदि भारत, चीन लगायत विभिन्न मुलुकबाट आयात हुन्छ। नेपालको माटोमा फलाउन सकिने एभोकार्डो युगान्डा र केन्या, अंगुर भारत र चीनबाट तथा किबी युनाइटेड अरब इमिरेट्स र ग्रिसबाट आयात भइरहेको छ।

कफीका पारखी नेपालीले साइप्रस, इथोपिया, हङकङ, थाइल्यान्ड, बेलायतबाट आयातित कफी प्रयोग गरिरहेका छन्। कृषिजन्य वस्तु मात्र नभएर माछामासुमा समेत विदेशको भर पर्नुपर्ने अवस्था छ। भेडाको मासु अस्ट्रेलियाबाट आयात हुन्छ भने दुधका परिकार जापान, भारत, कतार, बेलायतबाट ल्याइन्छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।