Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


बझाङमा अमेरिकी सेनाले क्याम्प खडा गरेको भनेर भ्रम फैलाउनेलाई छानविन गर्न सांसदको माग


1.5k
Shares

काठमाडौ । प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले बझाङमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेको भनि भ्रम फैलाइएको भन्दै भ्रम फैलाउनेप्रति छानविन गर्न सरकारसँग माग गर्नुभयो ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य जोशीले आफूलाई राजनीतिक विश्लेषक बताउने भरत दाहालले भिडियो बनाएर बझाङमा अमेरिकी सेनाले क्याम्प खडा गरेको भनि भ्रम फैलाएकोले छानविन गर्न सरकारसँग माग गर्नुभएको हो । उहाँले बझाङमा कसैले सैनिक क्याम्प खडा नगरेको स्पष्ट पार्नुभयो ।