Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


कर्णालीमा बजेट बनाउने चटारो


78
Shares

वीरेन्द्रनगर । देशको आर्थिक संकटका कारण नयाँ आर्थिक वर्षको बजेटमा समेत असर प्रदेशमा समेत परेको छ। कर्णालीमा विगतको आर्थिक वर्षभन्दा यसपालि ४ अर्ब बढी घटेर प्रस्तुत हुने जनाइएको हो।

कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले नयाँ बजेट विगतको भन्दा घटेर आउने बताएका हुन्।

२०८०/०८१ को बजेट कर्णालीमा निर्माण भइरहँदा विगतभन्दा ४ अर्व बढी रकम घट्ने कर्णालीका योजना मन्त्री सिंहले बताएका हुन्। अर्थ मन्त्रालयबाट बजेट सिलिङ्ग घटेर आएपछि प्रदेशको बजेटको आकार नै सानो हुने जनाइएको छ।

विगतका वर्षभन्दा यस पटक केन्द्रबाट अनुदान घट्दा प्रदेशमा बजेट कम आउने जसका कारण नयाँ तथा पुराना योजनाहरुमा असर पर्नेछ। मन्त्री सिंहले कम बजेटलाई कसरी प्रभावकारी बनाउँन सकिन्छ भनेर सरोकारवालाहरुसंग छलफल गरिरहेका छन्।

चालु आर्थिक वर्षमा ल्याईएको ३२ अर्ब ३१ करोड ६१ लाख बराबरको बजेट कार्यान्वयनको चरणमा रहेको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।