Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


नीति तथा कार्यक्रम पुनर्लेखन गर्न ओलीको माग


91
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकको समस्या समाधान गर्न नसक्ने जनाउँदै पुनर्लेखनको माग गरेका छन्।

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले न्याय र समृद्धिको योगफल नै लोकतन्त्र भएको जनाउँदै नीति तथा कार्यक्रममा लोकतन्त्रको आत्मा नरहेको टिप्पणी गरेका हुन्।

सरकारका तर्फबाट शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले १ घण्टा ५० मिनेट लगाएर प्रस्तुत गरेको १८८ बुँदे नीति तथा कार्यक्रममाथि एमाले अध्यक्ष ओलीले १ घन्टा २५ मिनेट लामो व्याख्यात्मक टिप्पणी गरे।

आफू नेतृत्वको सरकारले मुलुकको आर्थिक तथा राजनीतिक सुधारमा व्यापक काम गरेको जिकिर गरेका ओलीले त्यसपछिका सरकारले सबै खराब मात्र काम गरेको आशयसहितको धारणा राखेका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।