Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


गैडाको आक्रमणबाट १ जनाको मृत्यु


2k
Shares

चितवन । गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ । आक्रमणबाट अर्का एक घाइते भएका छन् ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा आज बिहान ११ बजे गैडाले आक्रमण गरेको हो ।

गैडाको आक्रमणबाट गम्भीर घाइते पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ । आक्रमणबाट स्थानीय ५७ वर्षीय टंकनाथ रेग्मी घाइते छन् ्। रेग्मी भने सामान्य घाइते भएका छन् ।