 
	    काठमाडौं । रियाल मड्रिडलाई हराउँदै म्यान्चेस्टर सिटी युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबारराति आफ्नै मैदानमा भएको खेलमा इंग्लीश टोली म्यान्चेस्टर सिटी ४–० ले विजयी भएको हो । स्पेनिस प्रतिद्धन्दी रियाल मड्रिडविरुद्ध सिटीका बर्नार्डो सिल्भाले दुई गोल गर्दा म्यानुएल अकान्जी र जुलियन अल्भारेजले एक एक गोल गरे ।
स्पेनमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा टुंग्याएको म्यान सिटीले बुधबार रातिको जितपछि समग्रमा खेल ५–१ ले आफ्नो पक्षमा पा¥यो । जितसँगै म्यान्चेस्टर सिटीले सिजनमा तिन उपाधि जित्ने संभावना झनै बलियो पारेको छ । च्याम्पियन्स लिगको फाइनलमा पुगेको सिटी एफ.ए कप फुटबलको पनि फाइनलमा पुगिसकेको छ ।
इंग्लीश प्रिमियर लिगमा पनि सिटी शिर्ष स्थानमा रहेको छ । च्याम्पियन्स लिगको फाइनलमा सिटीको भिडन्त इटालीयन टोली इन्टर मिलानसँग हुनेछ । सेमिफाइनलमा आफ्नै शहरको प्रतिद्धन्द्धी एसि मिलानलाई ३–० ले हराउँदै इन्टर मिलान फाइनलमा पुगेको हो ।
फाइनल खेल आगामि जुन १० तारिखमा टर्कीको इस्तानबुलमा हुनेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्