Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


वैदेशिक लगानी भित्र्याउन कानुन सुधार आवश्यक


247
Shares

काठमाडौं । नेपालमा विदेशी लगानी भित्र्याउन कानुन एवं संरचनात्मक सुधार आवश्यक रहेको विज्ञहरुले सुझाव दिएका छन् ।

शुक्रबार लगानी बोर्ड र स्टाण्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयोजनमा काठमाडौंमा सम्पन्न नेपालमा लागि वित्तीय लगानी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि कानुनी संरचननासहित लगानीयोग्य आयोजना निर्माणमा विशेष ध्यान दिनुपर्ने सुझाब दिएका हुन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपालका लागि आवासीय प्रतिनिधि टेरेसा दबन सान्चेन्जले नेपालको कानुनी संरचना सुधार ल्याउने हो भने दियो अर्थतन्त्रका लागि आयातमा आधारित राजस्व प्रणालीलाई परिर्वतन हुनेमा जोड दिए ।

उनले यसका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।