Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


अब बजार चलायमान हुने अपेक्षा


299
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण, खानी र यातायात तथा ढुवानी व्यावसायीलाई पुर्नकर्जाको सुविधा दिने घोषणा गरेको छ ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै शुक्रबार राष्ट्र बैंकले यस्तो घोषणा गरेको हो ।

यसअघि निजी क्षेत्रले यस्ता क्षेत्रमा संलग्न व्यवसायीहरूलाई पुनर्कर्जाको सुविधा दिनुपर्ने माग गर्दै आएका थिए । नेपाल राष्ट्र बैंकले अहिले उनीहरूका सोही माग पूरा गरिदिएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशन गर्ने तथ्यांकका आधारमा पछिल्ला दुई त्रैमाससम्म लगातार ऋणात्मक बृद्धि हुन गएका आर्थिक क्षेत्रहरूसँग सम्बद्ध ऋणीहरूले सुविधा पाउनेगरी कोषमा उपलब्ध स्रोतको सीमाभित्र रही पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने राष्ट्र बैंकद्वारा सार्वजनिक मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।