
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको लागि स्रोत जुटाउन निकै सकसपूर्ण रहेको भन्दै अनिवार्य दायित्व सिर्जना भइसकेका बहुवर्षीय र क्रमागत आयोजनाका लागि समेत स्रोत जुटाउन समेत मुस्किल अवस्था रहेकाले नयाँ आयोजनालाई कसरी बजेटमा पार्ने भनेर चुनौती रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘प्रि बजेट’ छलफलमा मन्त्री महतले उक्त कुरा बताएका हुन् ।
उनले निजी क्षेत्रको मनोबल बढाउने, पूर्वाधार विस्तार गर्ने, बजेटमा उपयुक्त सुझावहरुलाई समेटेर सहजीकरण गर्ने तथा लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध भएको भन्दै उत्पादनको नेतृत्वमा निजी क्षेत्रको विकल्प नभएकाे जिकिर गरे ।
‘हजारौं आयोजनाको ठेक्का लागिसकेको छ तर त्यसको स्रोत सुनिश्चितता गर्न समस्या छ । अहिले सबैभन्दा ठूलो चुनौती भनेको स्रोतको चुनौती हो’ , अर्थमन्त्री महतले भने, ‘सरकारी राजस्व कम छ अनुदान र ऋण पनि लक्ष्यअनुसार संकलन हुनसकेको छैन् । धेरै ठाउँमा योजना दिनुपर्ने दबाब छ तर हामीसँग स्रोत कम छ ।’
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्