Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


उखुकाे पैसा नपाएकालाई सम्पर्कमा आउन मन्त्री कुशवाहाकाे अपिल


11.6k
Shares

वीरगंज । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले मधेशका उखुमिलबाट पैसा लिन बाँकी किसानलाई सम्पर्कमा आउन अपिल गर्नुभएकाे छ ।

मन्त्री कुशवाहाले अधिकांश चिनी मिलले किसानलाई भुक्तानी दिएकाे जानकारी आएकाे बताउँदै कुनै चिनी उद्योगले किसानलाई भुक्तानी दिन बाँकी भए सम्पर्कमा आउन अपिल गर्नुभएकाे हाे ।

मन्त्री कुशवाहाले पीडित किसानकाे विवरण र भुक्तानी नदिने उद्याेगकाे विवरण उपलब्ध गराए भुक्तानीका लागि पहल गरिने जानकारी दिनुभयाे ।

मन्त्री कुशवाहाले पीडित किसानका लागि सचिवालयमा सम्पर्क गर्न समेत अनुराेध गर्नुभएकाे छ ।