
काठमाडौं । पछिल्ला महिनाहरुमा वैदेशिक रोजगार बीमामा अत्याधिक वृद्धि देखिएको छ । कोरोना महामारीबाट तंग्रिएपछि विभिन्न मुलुकमा नेपालबाट रोजगारीको लागि जानेको संख्या बढ्दै जाँदा बीमामा पनि उत्साहजनक वृद्धि देखिएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको नौ महिनासम्ममा १४ लाख ५९ हजार ३ सय १५ वटा वैदेशिक रोजगार बीमालेख जारी भएको छ ।
गत आर्थिक वर्षको चैतसम्मको तुलनामा यो बीमालेख ७१.१२ प्रतिशतले बढी हो । बीमा कम्पनीहरुले गत आवको चैतसम्ममा ८ लाख ५२ हजार ८ सय २७ बटा बीमालेखा जारी गरेको थिए ।
यी कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखाबाट चालु आवको चैत मसान्तसम्ममा २ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्