Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


सेटिङमा अवैध उत्खनन, स्थानीय आजित

सिडिओ, जिसस र नगर प्रमुख तैं चुप मै चुपको अवस्थामा

416
Shares

सिरहा । अनियन्त्रित उत्खनन बन्द गराउन जुटेका प्रमुख प्रशासकीय अधिकृत आफ्नै कार्यकक्षमा बन्धकमा पारिनुका साथै आक्रमणमा समेत परेका छन् । सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले उत्खननकर्ता समूहबाट आक्रमणमा परेका हुन् ।

धनगढीमाई–१३ र ८ मा अनियन्त्रित रूपमा ग्राभेल, ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने कमलामाई सप्लायर्स धनुषाधामका सञ्चालक बेचन शर्मा नेतृत्वको समूहले कार्यकक्षमा चुकुल लगाएर पानीले भरिएको बोतलले आक्रमण गरेको बगालेले बताए ।

‘मेयरभन्दा माथि होस् तँ? बढ्ता हुन्छस्?’ भनी गालीगलौज गर्दै उक्त समूहले आफूमाथि पानीले भरिएको बोतलले आक्रमण गरेको उनले दाबी गरे ।

‘मेरै कार्यकक्षमा भित्रबाट चुकुल लगाएर पानी भरिएको बोतलले प्रहार गरिरहँदा मँ अवाक् भएँ, शरीर थापिरहें। दिउँसै कार्यकक्षमा थुनिएर आक्रमणमा परेको केही बेरपछि नगर प्रहरीहरूले हस्तक्षेप गरी मलाई जोगाए,’ उनले भने, ‘ममाथि आक्रमण गर्नेहरू स्थानीयलाई कति तर्साएर उत्खनन गरिरहेका होलान् भन्ने बल्ल थाहा पाएँ ।’ उनले थपे, ‘उत्खननकर्ताहरूको डनगिरीबारे सुनेको थिएँ तर आफैले भोगें । कारबाहीका लागि प्रशासन गुहारे पनि ममाथि आक्रमण गर्नेहरू निर्धक्क घुमिरहनु विडम्बनाको कुरा हो ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।