३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


नवौं पटक विस्तार हुँदा पनि सरकार अपूर्ण


520
Shares

काठमाडौं । नवनियुक्त तीन मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन् । नवौंपटक मन्त्रिपरिषद् विस्तार हुँदा पनि सरकार अझै अपूर्ण छ ।

राष्ट्रपति पौडेलले बुधबार कांग्रेस सांसद धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बूलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरू सरकारमा सहभागी भएसँगै मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ ।

सरकारमा सहभागी गुरुङले कानुन, न्याय तथा संसदीय मामिला, बस्नेतले स्वास्थ्य तथा जनसंख्या र लिम्बूले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनीहरू तीनै जनाले शपथपछि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि ३ वैशाखमा आठौंपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यसबखत कांग्रेस सांसद एनपी साउदलाई परराष्ट्रमन्त्री र नेकपा एकीकृत समाजवादीका सांसद नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त गरिएको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।