
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक बर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।
तथ्यांक कार्यालयले विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले अनुमान गरेभन्दा कम आर्थिक वृद्धि हुने अनुमान मंगलबार जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।
विश्व बैंक र एडीबीले चालू आवमा आर्थिक वृद्धि ४ दशमलव १ प्रतिशत हुने अनुमान गरेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार उपभोक्ता मूल्यमा १ दशमलव ८६ प्रतिशत आर्थिक वृद्धि रहनेछ ।
तथ्यांक कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १ दशमलव ८६ प्रतिशत र आधारभूत मूल्यमा २ दशमलव १६ प्रतिशत हुने प्रारभिक अनुमान रहेको बताए ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्