Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


कांग्रेसले तत्काल आफ्नो कार्यशैली बदल्नु पर्नेमा नेता सिंहको जोड


403
Shares

रामेछाप । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसले आफ्नो कार्यशैलीलाई तत्काल बदल्नु पर्ने बताउनु भएकोछ ।

मंगलबार नेपाली कांग्रेस रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले तत्कालै पार्टीको नीति अधिवेशन गरेर बदलिएको परिस्थितिमा कसरी अघि बढ्ने भन्ने शन्दर्भमा कार्यकर्ता माझ बसेर समीक्षा गर्नुपर्ने बचाउनु भयो । उहाँले परम्परागत प्रचार र पार्टी निर्माण शैलीले मात्रै आगामी चुनौति सामना गर्न नसकिने भन्दै नयाँ पुस्ताको भावना र चाहना समेटेर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो । नेता सिंहले पार्टी सुधारको एकमात्र बिकल्प विधि सम्मत पार्टी सचालन भएकाले अब यसमा गम्भीरताका साथ लाग्नु पर्नेमा जोड दिनु भयो ।

उहाँले सामाजिक सञ्जालमा अहिले कांग्रेस नेताहरुले एक अर्का बिरुद्ध बिषबमन गर्ने प्रबृत्तिले कसैको हित नहुने भन्दै त्यसमा ख्याल गर्न आग्रह गर्नु भयो । नेता सिंहले पछिल्लो समय कांग्रेसभित्र मूल्यांकन पद्दति नभएकाले दुख र मेनत गरेका नेता कार्यकर्ता पाखा पर्दै गएका समेत उल्लेख गर्नुभयो ।

कांग्रेसलाई जनताको बीचमा लोकप्रिय पार्टी बनाउन सकिने भन्दै त्यसका लागि सबैले निराश नभई सबैले आ–आफ्नो लाग्न पनि सिंहले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा कांग्रेस नेता तथा बरिष्ठ अधिबक्ता राधेश्याम अधिकारीले कांग्रेसले आफ्नो नीति र कार्यशैलीमा गम्भीर समीक्षा गरेर अघि बढ्न नसके आगामी दिन सहज नहुने भन्दै यसमा गम्भीरता साथ सोच्नु पर्नेमा जोड दिनुभयो ।