
चुरे (मकवानपुर) । नेपाली कांग्रेसले निर्णय नगर्दा बाग्मती प्रदेश सरकार एक महिनादेखि अधुरो छ । कांग्रेसले आफूभित्रको द्वन्द्व मिलाउन नसक्दा प्रदेश सरकार एक महिनादेखि अधुरो बनेको हो ।
कांग्रेस बाग्मती प्रदेश संसदीय दलभित्रको आन्तरिक विवादका कारण प्रदेश सरकारमा पठाउने मन्त्रीहरूको नामावली दलले पठाउन सकेको छैन । नयाँ बजेटको तयारी गर्नुपर्ने बेला सरकार विस्तार अनिश्चित भएपछि समस्या बनेको छ ।
बाग्मतीमा हाल स्वास्थ्य मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय रिक्त छ ।
सरकारले पूर्णता नपाउनुमा कांग्रेसभित्रको कलहलाई प्रमुख समस्याका रूपमा गठबन्धन दलकै सांसदले लिएका छन् । कांग्रेसले गठबन्धनमा भागबन्डा लागेअनुसार मन्त्रीका नाम नदिँदा पाँचवटा मन्त्रालय मन्त्रिविहीन छन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्