२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


एसीसी मेन्स प्रिमियर कप: फाइनल खेल रद्द भए नेपाल च्याम्पियन हुने


63.869k
Shares

काठमाडौं । राजधानीमा जारी एसीसी मेन्स प्रिमियर कपको फाइनल खेल रद्द भए नेपाल च्याम्पियन हुँदै एशिया कपका लागि छनोट हुने भएकाे छ ।

नेपालले एसीसी मेन्स प्रिमियर कपको फाइनलमा सोमबार युएईसँग खेल्दै छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायु र स्थानीय वायु सक्रिय हुँदा शनिबारदेखि सुरु भएको वर्षा अझै केही दिनसम्म रहने जनाएको छ । यसकारण सोमबार हुने फाइनल खेल रद्द हुने सम्भावना बढ्दै गएको छ ।

पहिलो सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको थियो । उता, युएईले दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डीएल मेथडमा दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

फाइनल खेल तय भएको सोमबार काठमाडौंमा वर्षा हुने सम्भावना भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । सोमबार खेल हुन नसकेको खण्डमा मंगलबार रिजर्भ डेको व्यवस्था गरिएको छ । तर सोमबार र मंगलबार दुवै दिन वर्षाको कारण खेल हुन सकेन भने दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ ।

तर वर्षाको कारण सुपर ओभर पनि हुन सक्ने अवस्था नभए आइसीसीक (एकदिवसीय अन्तर्राष्ट्रिय) ओडिआई वरीयतामा माथि हुने टोली एशिया कपमा पुग्नेछ । आईसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा रहेका छन् । नेपाल र युएईबीचको खेल सोमबार बिहान नौ बजेबाट सुरु हुनेछ । युएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसीया कपमा स्थान बनाउने दाउमा छ ।